धनगढीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो
धनगढीः धनगढीमा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ। आइतबार बिहान धनगढी उपमहानगरपालिका अन्तरगत वडा नम्बर २ मा मृत भेटिएका पुरुषको पहिचान खुलेको हो।
मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सार कार्यालय अगाडि भेटिएको शव कैलालीको गोदावरी नगरपालिका वडा–३ का २८ वर्षीय सुरेन्द्र विष्टको रहेको पुष्टि भएको छ। विष्टका परिवारले प्रहरी कार्यालयमा जाहेरीसमेत दर्ता गराएका छन्।
विष्ट लागूऔषध प्रयोगकर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाको थप अनुसन्धान जारी रहेको कैलाली प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए।