चट्याङ लागेर एक महिलाको मृत्यु
झापाः चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर झापाको गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।