सुदूर नेपाललाई विश्वसँग जोड्दै

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्री नियुक्त

२०७८ चैत्र २४, ०१:३० खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन्। प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए। दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कमेन्ट लोड गर्नुस