विमानभित्रबाटै लाइभ गरेपछि ऋषि धमलालाई सोधियो २४ घन्टे स्पष्टीकरण
काठमाडौँ: प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई विमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै लाइभ चलाएकाे विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो। प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए।
सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले जनाएको छ। स्पष्टीकरणमा पत्रमा पत्रकार धमलाले केही समय अघि बारको बैठक भित्रै प्रवेश गरि रिपोर्टिङ गरेको घटनालाई पनि नोटिस गरेको उल्लेख गरिएको छ।