सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमलको संघर्ष

२०७५ माघ १९, ११:३४

गाउँकै गंगा मावि कक्षा ७ मा अध्ययन गरिरहँदा कमल संघर्षले रहरै रहरमा एउटा गजलको श्रृजना गरे। पहिलो गजल रहरमा लेखिएको थियो तर अहिले आएर थाह भयो उक्त गजलमा पनि धेरै सिद्धान्तहरु भने अटाएका थिए। अछाम ठुलासैनका कमल संघर्षको नामा कमलप्रशाद भण्डारीको हो भन्ने विषयमा धेरैलाई जानकारी छैन्। स्कुले जिवनका साथीहरु बाहेक साहित्य क्षेत्रका धेरै दौतरीले उनलाई कमल संघर्षको नामले नै चिन्छन्। 
कमलप्रशाद भण्डारी न्वारन गर्दा परिवारका सदस्य र ब्राह्मणले राखिदिएको नाम थियो पछि साहित्यमा गर्नुपरेको संघर्षलाई आफ्नो पहिलो नामसँग थप्दै ‘कमल संघर्ष’ को जन्म भएको थियो। आमाको डेउडा मोह र संगैका दौतरीहरुको साहित्य मोहले संघर्षलाई पनि गजल लेखनीमा तानेको थियो। पहिलो गजलले प्रतिक्रीयाले संघर्षलाई अव साहित्य नगरीमा जम्नुपर्छ भन्ने त लागिसकेको थियो। यद्यपी रहरै रहरमा थालिएको साहित्यिक संघर्षलाई वास्तविकतामा परिणत गर्न भने ठुलासैनका कमललाई सजिलो थिएन्। 

लेखनी नियमित भएपछि कलम संघर्ष अछाम र वरपरका जिल्लाहरुमा गजलका लागि परिचित नाम बनिरहेको थियो र सोही क्रममा रेडियोमा कार्यक्रम सञ्चालनको मौका जुरेपछि त उनको चर्चा अझै व्यापक भयो। झण्डै साढे चार बर्ष कार्यक्रम सञ्चालन गर्दा संघर्षले धेरैका श्रृजना बाचन गर्ने मौका पाए। गजल लेखनी पनि नियमित हुँदै गयो भने धेरै लेखकहरुसंग परिचित हुने मौका मिल्न थाल्यो। गजलका सैद्धान्तिक मुल्य मान्यताहरु एनका गजलहरुमा स्पष्ट देखिन थाले। त्यसैले पनि होला अन्य धेरै साहित्यकार जस्तो कमल संघर्षलाई साहित्यमा पहिचान खोज्न राजधानीको यात्रा तय गर्नुपरेन्। उल्टै राजधानीले गजलका ठुला कार्यक्रममा कमललाई निम्तो पठाउन थाल्यो। 
केका लागि यो मरिहत्ते के छ तिमीसँग
मृत्यु बाहेक अर्को सत्य के छ तिमीसँग
दुनियाँ आफ्नो बनाउन दुईटा कुरा चाहिन्छ
रुपियाँ र यौवन मध्ये के छ तिमीसँग ?

२०७० सालमा काठमाडौँमा राष्ट्यि गजल महोत्सव आयोजना भयो। सोही कार्यक्रममा गजल वाचनका लागि कमल पहिलो पटक काठमाडांैै पुगेका थिए। सो महोत्सवमा उनले पनि गजल वाचन गरे र धेरैले रुचाउँदा परिचय फराकिलो बन्दै गयो। सोही सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ मा पनि कमलका गजलहरुले स्थान पाए। प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन समारोहमा संघर्षले गजल वाचन गरे र कार्यक्रममा उपस्थित धेरै दिग्गज श्रष्टाले पनि उनजको गजल र बाचल शैलीको तारिफ गर्न भ्याए।
२०७१ सालमा सामाजिक सञ्जालमा अन्तराष्ट्यि गजल प्रतियोगिता हुँदा कमलले पनि सहभागिता जनाउन पाए। प्रतियोगितामा देशभरिबाट ३ सय ५२ जनाले गजल पठाएकोमा कमल संघर्षको गजल पहिलो भयो। यी र यस्तै कार्यक्रमहरुले कमलको राजधानीसँगको निकटता पनि बढाउँदै लग्यो र लेखकहरुसंगको चिनजान अनि लेखनी पनि बढ्दै गयो। 

जंगल पशे बुद्धहरु बन्दुग बोकेर
हिट्लर भन्छ म के गरु बन्दुग बोकेर
कोठाभित्रै कलम चलाई बाच्नु छैन् मलाई
लाग्छ सिमानामै मरु बन्दुग बोकेर
दुश्मनी मात्रै हो बोक्ने दुश्मनहरु
मित्रहरु आउँछन् बरु बन्दुग बोकेर
झण्डा बोकी गोठालो जान्छ मेरो छोरो
स्कुलतिर जान्छन् अरु बन्दुग बोकेर

मलेसीयामा तयार भएको सडक
परिपक्क गजलकारको सुचिमा अटाउन थालेका कमल संघर्षलाई साहित्य लेखनीमै सक्रिय भएर दैनिकी चलाउन मुस्किल थियो। धेरै सुदूरपश्चिमेली युवाहरु जस्तै कमलले पनि २०७२ सालमा बैदेशिक रोजगारीमा जाने निधो गरे। उनले मलेसियाको यात्रा तय गरे। परदेशमा रोजगारी गर्दा पनि कमलको लेखनीमा भने कमी आएन र गजल लेखनी नियमित नै जारी रह्यो। मलेसियामा काम गर्ने क्रममा साथमा रहेको एउटा कलम र एउटा डायरी नै कमलको सारथी बन्यो। झण्डै एक बर्ष मलेसीयामा रोजगारी गरेपछि नेपाल फर्किदा कमलसंग एउटा गजल संग्रहको पाण्डुलीपी तयार भयो। नेपाल फर्किएर कमलले मलेसीयामा तयार भएको पाण्डुलीपीलाई सडक नाम दिएर प्रकाशित गरे र फेरी मलेसीया नफर्किने निधो गरे। सडक प्रकाशनमा आएदेखि नै चर्चामा रह्यो। यो पुस्तक नेपाली गजल ईतिहासमा धेरै बिक्री भएको पुस्तकका रुपमा स्थापित हुन सफल भयो। संघर्षको सडक गजल संग्रहले नै राष्ट्रिय स्तरको जोगमाया चापागाई गजल पुरस्कार २०७४ पायो। अहिले भने विगत ३ बर्षदेखि कमल संघर्ष संघीय राजधानी काठमाडौँमा श्रृजनाको खेती गरिरहेका छन्। उनको गजल मात्रै होईन अहिले उनले गर्ने बाचन शैली पनि धेरै साहित्य पारखीहरुको रोजाईमा पर्ने गरेको छ।

आफ्नाहरु पर्छन फेला जाने बेलामा
र थपिन्छ झन झमेला जाने बेलामा

आफैसंग छुट्टिएर हिडेको छु आज
तिमी हुन्थ्यौ कुनैबेला जाने बेलामा

बालाइ खोजी ल्याउछु आमा भर नपर्नु होला
भन्न त आँउछु भनिएला जाने बेलामा

एउटा आश हुदो रैछ एक्लो मान्छलाई
कस्ले हात हल्लाई देला जाने बेलामा

कमेन्ट लोड गर्नुस