सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी जीप दुर्घटना अपडेट: मृतक र घाइतेहरुको पहिचान खुल्यो

२०७८ चैत्र २०, ०८:५३ खबर संवाददाता

डोटीः डोटी जीप दुर्घटनामा ज्यान गुमाएका दुइजना मृतक र सात घाइतेको पहिचान खुलेको छ।

दुर्घटनमा परि पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ डोटीका २९ वर्षीय खेम बोहरा र ४५ वर्षका पुरन बोहराको सनाखत भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीले बताए।

यस्तै घाइते हुनेमा पूर्वीचौकी गाउपालिकाका योशोदा बोहरा, मोहन बोहरा, कमरसिंह बोहरा, टंक बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशी रहको प्रहरीले जनाएको छ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

आइतबार साँझ जिल्लाको पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चौधरीले बताए।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको उनले बताए।

कमेन्ट लोड गर्नुस