धनगढीको मेरो श्रृंगारको शाखा मोति चोकमा, ब्यूटीसियनको तीन महिने तालिम निःशुल्क
धनगढीः धनगढीको मेरो श्रृंगारको शाखा मोति चोकमा खुलेको छ।
रातो पुलमा रहेको मेरो श्रृगारको शाखा मोति चोकमा खुलेको हो। झण्डै २५ लाखको लागतमा शाखा विस्तार गरिएको सञ्चालक सुरेन्द्र श्रेष्ठले बताए। सुदूरपश्चिम एकेडेमी जाने बाटोमा रहेको उक्त शाखाले ५० जनालाई निःशुल्क तालिमको सुविधा दिएको छ।
उनले ब्यूटीपार्लर सम्बन्धीका तालिमहरु सञ्चालन गर्दै आएको बताए। क्याम्पस चोक, मोति चोक, शिवनगर, फूलबारी क्षेत्रका ग्राहकको मागका आधारमा मोति चोकमा शाखा सञ्चालन गरिएको सञ्चालक श्रेष्ठले बताए। धनगढीमा व्यापार सुरु गरेको ९औँ वर्षमा शाखा विस्तार गरिएको उनले बताए।
मेरो श्रृगारको अर्काे शाखा महेन्द्रनगरमा पनि सञ्चालन गर्ने योजना समेत रहेको बताइएको छ।