शनिबारदेखि जनकपुर–जयनगर रेल सञ्चालन हुने
२०७८ चैत्र १८, ०६:१५
काठमाडौँ : शनिबारदेखि जनकपुर–जयनगर रेल सञ्चालन हुने भएको छ। शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ।
रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए। जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठूलो स्क्रिन जडान गरिनेछ।
कमेन्ट लोड गर्नुस