राप्रपाको मूलधार हामी हौं : पशुपतिशम्शेर
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को शुक्रबार एकीकरण भएको छ। दुई पार्टी मिलेर बनेको नयाँ पार्टी राप्रपा संयुक्त को घोषणा गरिएको हो। घोषणा कार्यक्रममा नवगठित एकीकृत पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले रापैपाले मूलधार आफूहरु भएको दावी गरे। उनले भने, ‘यो राप्रपाको मूलधार हो। मूलधारमा एकत्रित गर्न मलाई सहयोग गर्ने सम्पूर्ण साथी र सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिन्छु।’
उनले सम्पूर्ण प्रजातन्त्रवादीहरु एक भई सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने पनि बताए। ‘राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नयाँ अभियान सुरु गरेर सडक तताउनेछ। त्यसका लागि सहयोग पाउँ’ उनले भने। अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अब हिन्दू राज्यका लागि आन्दोलन गर्ने बताए।