सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैलेश्वरी तथा अपि बेसक्याम्पको बुकलेट सार्वजनिक

२०८३ साउन ११, ०७:११ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले सुरू गरेको "हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ" अभियानअन्तर्गत अपि बेसक्याम्प र  डोटीको शैलेश्वरी मन्दिर सम्बन्धी बुकलेट सार्वजनिक गरिएको छ। नगर प्रमुख गोपाल हमालले आइतबार दुई छुट्टाछुट्टै बुकलेट सार्वजनिक गरेका हुन्।
 
नगर प्रमुख गोपाल हमाल नेतृत्वको "हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौ" अभियानको टोलीले गत बैशाखमा अपि बेसक्याम्प भ्रमण गर्दा संकलन गरिएका तस्वीर र जानकारी समेटिएर अपि बेसक्याम्प सम्बन्धी बुकलेट तयार गरिएको हो।

यस्तै, गत असारमा मेयर हमाल र अन्य जनप्रतिनिधिले निजी खर्चमा  गरेको शैलेश्वरी मन्दिर भ्रमण गरेको बेला संकलन गरेका तस्बिर र शैलेश्वरी मन्दिर तथा त्यहाँ लाग्ने कोटीहोमका विषयमा तयार गरिएको बुकलेट पनि सार्वजनिक गरिएको छ।

सुदूरपश्चिमकाका प्रमुख पर्यटकीय स्थलको प्रचार-प्रसार गर्ने उद्देश्यले बुकलेट  तयार गरिएको नगर प्रमुख हमालले जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस