सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजदूत लक्की शेर्पाद्धारा राजीनामा

। फोटो स्रोत ।
२०७५ माघ १८, ०४:१४

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार राजीनामा दिएकी छन।
आफूमाथि लागेका आरोपहरु झुटो भएको दाबी गर्दै नैतिकताका आधारमा राजीनामा दिएको शेर्पाले जिकिर गरेकी छन। मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो। आफ्नै गाडीचालक वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन। त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेको थियो।
शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपको खन्डन गरेकी छन। ‘घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ, त्यस्ता व्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुःखद् छ’–विज्ञप्तिमा उल्लेख छ।
शरणार्थी माध्यमबाट पीआर पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ। शेर्पालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वर्षअघि अष्ट्रेलियाका लागि राजदूत बनाएको थियो।
 

कमेन्ट लोड गर्नुस