सवारी ज्यान मुद्दाका दोषी डोटीबाट पक्राउ
डोटी: सवारी ज्यान मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएका एक व्यक्तिलाई डोटी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत डोटीको २०८३ साल असार ३० गतेको फैसलाअनुसार सवारी ज्यान मुद्दामा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका अछामको मङ्गलसेन नगरपालिका–५ भाटवडाका ४० वर्षीय देवराज भाट पक्राउ परेका हुन्।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका भाटलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।