५० विकेटमा करणको ‘पुष्पा’ सेलिब्रेसन
काठमाडौं: बलिङ अलराउन्डर करण केसीले बिहीबार ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।
त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत करणले पीएनजीविरुद्ध पहिलो ओभरको चौथो बलमा लेगा सिएकालाई आसिफ शेखमार्फत क्याच गराउँदै ५० विकेट लिएका हुन् । विकेट लिएपछि हिन्दी फिल्म ‘पुष्पा’का नायकले ‘डायलग’ बोल्दाको हाउभाउजस्तै करणले पनि खुसी मनाएका थिए।
नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने करण दोस्रो खेलाडी बनेका छन्। नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणभन्दा धेरै विकेट लिनेमा कप्तान सन्दीप लामिछाने मात्र छन्। सन्दीपले ६७ विकेट लिइसकेका छन् ।