सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने प्रधानमन्त्रीको घोषणा

२०७८ चैत्र १७, ११:५४ खबर संवाददाता

काठमाण्डौँः मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम ज्याला बढाउने घोषणा गरेका छन्।  

प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम ज्याला मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गरेको हो। तर प्रधानमन्त्रीको यो घोषणालाई लिएर मलेसियाका कतिपय क्षेत्र भने असन्तुष्ट बनेका छन्।

मलेसियाको औद्योगिक क्षेत्रले भने सरकारको विरुद्ध विरोध प्रदर्शन नै गरेको छ।  बढाएको पारिश्रमिक लागू गर्दा कम्पनी घाटामा जाने र हुने खर्च व्यहोर्न नसक्ने औद्योगिक क्षेत्रको भनाइ छ। 

प्रधानमन्त्री साब्रीले भने सुरुमा ठूला कम्पनीहरू तथा सरकारी निकायसँग आबद्ध कम्पनीहरूमा न्यूनतम ज्याला वृद्धि लागू हुने बताए।

साना, थोरै श्रमिक काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरूमा भने मानव संसाधन मन्त्रीले अन्य मन्त्रीहरूसँग छलफल गरेर त्यस्ता कम्पनीहरूमा कहिलेदेखि न्यूनतम ज्याला वृद्धि लागु गर्ने भन्ने तय हुने बताइएको छ। 

मलेसियाले सन् २०२० को फेब्रुअरी १ देखि न्यूनतम ज्याला १ हजार २ सय लागु गरेको छ।
 

कमेन्ट लोड गर्नुस