सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०७८ चैत्र १६, ०८:३५ खबर संवाददाता

मकवानपुर: आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ।  मकवानपुर हेटौंडा उपमहानगरपालिका १८ बर्दश चोक बस्ने श्याम नेपाल र राम काजि नेपालको गोठमा बुधबार बिहान आगलागी हुँदा दुबै जनाको गोठ जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो। 

प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस