आवश्यकताको आधारमा गठबन्धन गरौः रमेश लेखक
धनगढीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आसन्न चुनावमा केन्द्रको निर्णयले तल्लो तहमा निराशा पैदा हुने गरी निर्णय नर्गन आग्रह गरेका छन्। केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै नेता लेखकले पार्टीका कार्यकर्ता र सत्ता गठबन्धन दल दुवैको भावनालाई बुझेर त्यसअनुसार पार्टीले निर्णय लिनु उपयुक्त हुने बताएका हुन्।
उनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता तथा कार्यकर्ताको मनोविज्ञानलाई ख्याल गर्नुपर्नेमा समेत जोड दिएका थिए। ‘केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन्छ, हामीले त्यसलाई पनि ध्यान दिनुपर्छ।’ उनले भने, ‘आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरौँ।’