सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइपिएलमा रोहित शर्मालाई किन भयो कारबाही ? १२ लाख जरिवाना

२०७८ चैत्र १४, ११:०९ खबर संवाददाता

काठमाडौं: इण्डियन प्रिमियर लिग(आइपिएल)को १५औं सिजन अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्धको खेलमा मुम्बई इण्डियन्सका कप्तानलाई कारबाही गरिएको छ। शर्मालाई बीसीसीआईले १२ लाख भारु जरिवाना गरेको हो।

कप्तान रोहितलाई बलरको स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना लगाइएको हो। मुम्बईको ब्रेबोर्न स्टेडियममा दिल्लीविरुद्धको खेलमा ढिलो ओभर रेट राखेको भन्दै जरिवाना गरिएको आइपिएल व्यवस्थापनले जनाएको छ। 
ओभर रेट भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो। आइसिसीको नियमअनुसार एकदिवसीय र टी–२० खेलमा एक घण्टामा १४.१ ओभर र टेस्टमा १४.२ ओभर बलिङ गरिसक्नुपर्छ। 

एकदिवसीयमा बलिङ पक्षलाई ५० ओभर बलिङ गर्न कुल साढे ३ घण्टा दिइएको हुन्छ भने टी–२० मा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने हुन्छ।

कमेन्ट लोड गर्नुस