सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाना नपकाएको भन्दै श्रीमानले श्रीमतीलाई आगो लगाइदिए

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ चैत्र १३, १०:२६ खबर संवाददाता

काठमाडौं: खाना नपकाएको भन्दै काठमाडौंको कपनमा एक श्रीमानले श्रीमतीलाई आगो लगाइदिएका छन्। शुक्रबार राति डेरामा पुगेका प्रबिन चौधरीले खाना नपाएपछि आफ्नी ३० वर्षीया श्रीमती अस्मितालाई जलाएका हुन्।

सिराहा लहान नपा–७ का ४२ वर्षीय प्रविन पुग्दा श्रीमती सुतिरहेकी थिइन्। भाँडामा खाना नभेटाएपछि उनी रिसले चुर भएका थिए। यही झोँकमा उनले श्रीमतीको शरीरमा तारपिनको तेल खन्याएका थिए। त्यसलगत्तै सलाइ कोरेर आगो झोसेका थिए।

आगोबाट जलेकी अस्मिता चौधरीलाई उपचारका लागि साँखुस्थित सुष्मा मेमोरियल अस्पताल लगिएको छ। प्रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। 

कमेन्ट लोड गर्नुस