कैलालीको मोहन्यालमा एक घरमा आगलागी
धनगढीः कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ। मोहन्याल गाउँपालिका–७ ओखडेकोट बस्ने तुलाराम जैशीको घरमा गएराति आगलागी भएको हो।
आगलागी हुँदा घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन बाँकि रहेको, आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको प्रहरीले जनाएको छ। आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ।