सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपको नयाँ कीर्तिमान

२०७८ चैत्र १२, ०३:१७ खबर संवाददाता

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा कम इनिङ्समा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्। त्रिवि क्रिकेट मेदानमा पपुवा न्युगिनी (पीएनजीं) विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन्।

उनले २२ खेलमा ५० विकेट पूरा गरे । उनले १३ औं ओभरको पहिलो बलमा पीएनजीका कार्लेस आमिनीलाई एलबीडब्लू आउट गराएका थिए। सन्दीप एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बनेका छन्। एकदिवसीयमा कम इनिङ्समा ५० विकेट लिने रेकर्ड भने श्रीलंकाका अजन्था मेन्डिसले बनाएका छन्। उनले १९ खेलमा ५० विकेट लिएका थिए। त्यस्तै भारतका अजित अग्राकर २३ खेलमा ५० विकेट लिएका थिए। 

कमेन्ट लोड गर्नुस