सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

२०७८ चैत्र ११, ०५:३५ रासस

काठमाडौँ: शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो।

टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई÷दुई गोल गरे। कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए। रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता तेब्बर बनाए भने कार्कीले खेलको ९०औँ मिनेटमा गोल गर्दै टुसाललाई ४–० ले जित दिलाए।

जितसँगै टुसाल युथ आठ खेलमा ११ अङ्क जोडेर छैटौँ स्थानमा उक्लिएको छ। लिगमा १४ क्लब सहभागी छन्। शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन्। 
 

कमेन्ट लोड गर्नुस