रोहितकुमार पौडेलले बनाए नेपालका लागि एकैदिन तीन कीर्तिमान
काठमाडौंः मध्यक्रमका युवा ब्याटर रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पौडेलले ९१ बलमा शतक प्रहार गरेका हुन्।
पपुवा न्युगिनी (पीएनजी) पााचौं नम्बरमा ब्याटिङ गर्न आएका रोहितले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तराष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन्।