सुदूर नेपाललाई विश्वसँग जोड्दै

धोनीले छाडे चेन्नई सुपर किङ्ग्सको कप्तानी

२०७८ चैत्र १०, ०४:१७

एजेन्सी: इन्डियन प्रिमियर लिग (आइपीएल)को नयाँ सिजन सुरु हुनै लाग्दा महेन्द्र सिंह धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छाडेका छन्। अब उनको साटो रबिन्द्र जडेजा चेन्नई सुपर किङ्ग्सका नयाँ कप्तान हुनेछन्।
चेन्नई सुपर किङ्ग्सको तर्फबाट जारी बयानमा महेन्द्र सिंह धोनी यो सिजन र पछि पनि चेन्नईको टिमको हिस्सा बनिरहने बताएका छन्।

महेन्द्र सिंह धोनीलाई सन् २००८ मा सीएसकेको कप्तान बनाइएको थियो। उनको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले आइपीएलका चार उपाधि जितेका छन्। 

कमेन्ट लोड गर्नुस