निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन सक्दैनः नेता पौडेल
काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका छन्।
राजनीतिशास्त्री समाजद्वारा आज काठमाडौँको पिके क्याम्पसमा आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका छन्।
“निर्वाचनमुखी गठबन्धनले चुनाव जिताउन मात्रै काम गर्छ। यसले देशलाई उपलब्धि दिन सक्दैन’’, उनले भने, “जनताको जीविकोपार्जनसम्बन्धी साझा एजेण्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक छ।” लोकतान्त्रिक विचार, समाजवाद प्राप्ति र जनताका साझा एजेण्डा निर्माण गर्ने गठबन्धन अहिलेको आवश्यकता भएको उनको भनाइ छ।