एमसिसी देश विकासको सहयोगी परियोजना हो : प्रधानमन्त्री देउवा
खोटाङ: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना ९एमसिसी० देश विकासको सहयोगी परियोजना भएको बताएका छन्। खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए।
एमसिसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री देउवाले जानकारी दिए। “केही व्यक्तिहरु एमसिसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्”, उनले भने, “एमसिसी परियोजनाले नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पु¥याउने भएकाले संसद्बाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो।”
प्रधानमन्त्री देउवाले खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले व्यावसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गरे। “खोटाङ जिल्ला कृषि पर्यटनको राम्रो सम्भावना बाकेको जिल्ला हो”, उनले भने, “जिल्लामा उत्पादित कृषि उत्पादनलाई बाहिरी जिल्लामा निर्यात गरेर आर्थिक उपार्जन गर्न सकिने भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिन जरुरी छ।”