अनेरास्ववियू बझाङको अध्यक्षमा खाती, अरु को-को चुनिए ?
बझाङः अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बझाङको १२औं जिल्ला अधिवेशनले दिलबहादुर खातीको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अनेरास्ववियूको शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न अधिवेशनबाट खातीको नेतृत्वमा कार्यसमिति चयन भएको हो।
यस्तै उपाध्यक्षमा पुस्कर दौल्याल र सचिवमा गोविन्द ढाँट, सहसचिवमा सन्देश धामी, इश्वर रोकाया, अन्जली उपाध्याय र कोषाध्यक्षमा रियास खड्का चयन भएका छन्।