सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा करिब १० हजार म्यादी प्रहरी माग

२०७८ चैत्र ६, ०१:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा करिब १० हजार म्यादी प्रहरी भर्ना गरिने भएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा कुल ९ हजार ९ सय ३७ म्यादी प्रहरी भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरमा १ हजार ४ सय ६९, कैलालीमा २ हजार ४ सय ५७, बैतडीमा ८ सय १५, दार्चुलामा ७ सय ४२, डोटीमा ८ सय १०, डडेल्धुरामा ६ सय ५२, बझाँङमा एक हजार ९३, अछाममा १ हजार २ सय ३१ र बाजुरामा ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने छ। 

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।

कमेन्ट लोड गर्नुस