जनमोर्चा सुदूरपश्चिमका नेता थापाले गरे एमाले प्रवेश
धनगढी : राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका नेता प्रशान्त थापाले एमाले प्रवेश गरेका छन्। राष्ट्रिय जनमोर्चा, नेकपा मसाल निकट युवक संघका केन्द्रिय सदस्य सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रशान्त थापाले एमाले प्रवेश गरेका हुन्।
शनिबार धनगढीमा आयोजित नेपाल बुद्धिजिवि परिषद् जिल्ला शाखा कैलालीको ७ औँ जिल्ला अधिवेशनको अवसरमा थापाले पार्टी प्रवेश गरेको बताइएको छ। थापालाई पुर्वमन्त्री, नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनि रानाले दोसल्ला ओढाएर स्वागत गरेका हुन्।
त्यस्तै नेकपा एमालेका नवप्रवेशी प्रशान्त थापाले जनमोर्चामा बसेर देश र सिद्धान्तको भविष्य सुनिश्चित नभएका कारण एमाले प्रवेश गरेको बताएका छन्।