सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भैसी तार्दै गर्दा नदीमा बगेर एक युवक बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ५, ०६:११ खबर संवाददाता

अछामः अछाममा नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। शनिबार जिल्लाको साफेबगर १३ बाब्ला बुढाबगरस्थित बुढीगंगा नदीमा भैसीलाई तार्ने क्रममा युवक बेपत्ता भएका हुन्। 

मेल्लेख गाउँपालिका ५ काटेका ३२ वर्षीय लालबहादुर बोहरा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बोहराको ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर खोजपिन गरिरहेका छन्।  उनी चैत २ गते हजुरबुवा नाता पर्ने लालबहादुर बोहरासँगै भैसी खरिद गर्न बाजुराको सिग्रे गएका थिए। शनिबार भैसी लिएर घर फर्कने क्रममा उनी बेपत्ता भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस