कक्षामा गाली गर्ने शिक्षिकालाई १०१ पटक चक्कु हानेर हत्या
काठमाडौं: एक व्यक्तिले आफूलाई गाली गर्ने शिक्षिकाको ३० वर्षपछि हत्या गरेका छन्। बेल्जियममा ३७ वर्षीय एक व्यक्तिले प्राथमिक स्कुलमा शिक्षिकाबाट अपमानित महसुस गरेका थिए। घटनाको ३ दशकपछि सन् २०२० मा उनलाई चक्कुुले हानेर हत्या गरेका छन्।
गुन्टर युवेन्ट्स नामका दोषीले अनुसन्धानकर्तालाई ५९ वर्षकी शिक्षिका मारिया भेरलन्डनले सन् १९९० को दशकमा कक्षाकोठामा कयौँ पटक उनीबारे कमेन्ट गरेको बताएका छन्। त्यतिबेला उनी सात वर्षका मात्रै थिए।
त्यसपछि सन् २०२० मा एन्टवर्पस्थित घरमा भेट्न उनलाई चक्कूमार्फत् १०१ पटक प्रहार गरिएको थियो। उनी किचनमा मृत भेटिएकी थिइन्।
सन् २०२० को २० नोभेम्बरमा हत्याको १६ महिनापछि युवेन्टसले एक साथीसँग अपराध स्वीकार गरेका थिए। उनैले प्रहरीलाई यसबारे जानकारी दिएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो। -एजेन्सी