सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार कुँवरको मृत्यु

२०७८ चैत्र ४, ०७:२६ खबर संवाददाता

बझाङ: बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार सुरेश कुवँरको मृत्यु भएको छ। शुक्रबार २ः३० बजेको समयमा झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटना हुँदा कुँवरको मृत्यु भएको हो। 

उनले चलाएको सुपप्र०१-०१०प७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको देउरा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनी बुंगलको सेरोफेरो एफएममा कार्यरत थिए। 
 

कमेन्ट लोड गर्नुस