सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य

२०७८ चैत्र ४, ०४:०० रासस

काठमाडौँ: संयुक्त अरब इमिरेट्स ९युएई०ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो।

तीब्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि युएईले खुलेर रन बटुल्न सकेन्। युएईका लागि रिजवान सिपी र रोहण मुस्थाफाले ४०÷४० रनको योगदान दिए। यस्तै मोहमद वसिमले २१, कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमद राजाले १३ रन बनाए।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए। नेपालले यसअघि बुधबार पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो। 

कमेन्ट लोड गर्नुस