सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानका प्रधानमन्त्री शनिबार भारत आउने

२०७८ चैत्र ४, ०६:०० रासस

नयाँ दिल्ली : जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिने अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन्।

भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान वार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ। साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन्। उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका छन्।

हरेक वर्ष आयोजना गरिने भारत—जापान वार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ। यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो। अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए।

भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ। -एएनआई

कमेन्ट लोड गर्नुस