करेन्ट लागेर एकजनाको मृत्यु
२०७८ चैत्र ३, ०८:१०
पर्साः करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। वीरगंज महानगरपलिका २७ जसौली बस्ने ६२ वर्षीय गोपी महतो कुशवाहाको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै खेतमा पानी तान्ने मोटरले पानी लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस