सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा भूकम्प :दुई जनाको मृत्यु, ९० जना घाइते

२०७८ चैत्र ३, ०९:३० खबर संवाददाता

जापानः जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पका कारण दुई जनाको ज्यान गएको छ। कम्तीमा ९० जना घाइते भएका छन्।

उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको बीबीसीले जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ। अस्थायी रूपमा झण्डै २० लाख घरमा विद्युत् सेवा कटौती भएको छ। विद्युत् नियमित गर्न प्रयास भइरहेको छ। सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ।

सन् २०११ को शक्तिशाली भूकम्पले जापानमा सुनामी आएको थियो। फुकुशिमा आणविक प्लान्टलाई ध्वस्त बनाएको थियो भने प्लान्टबाट विकिरण चुहिएर विपत्ति निम्तिएको थियो।
 

कमेन्ट लोड गर्नुस