सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाइजेरियामा बन्दूकधारीको आक्रमणबाट १० जनाको मृत्यु

२०७८ चैत्र २, ०७:४९ रासस

लेगोस: बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ। बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए।   

नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरु पनि मारिएको पुष्टि गरे। घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरु पनि मारिएको अधिकारीहरुले जानकारी दिएका छन्।

सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन्। नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस