नेपाली राजदूत पाकिस्तानी पूर्वप्रधानमन्त्रीको घरमा
धनगढीः पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिगका अध्यक्ष चौधरी सुजात हुसेनसँग शिष्टाचार भेट गरेका छन्। अधिकारीले हुसेनसँग इस्लामावादस्थित उहाँको निवासमा भेट गरेका हुन्।
भेटघाटको क्रममा उनीहरुबीच दुई देशबीचको सौहार्द्रपूर्ण सम्बन्धलाई आगामी दिनमा थप कसिलो बनाउनेबारे छलफल भएको बताइएको छ।इस्लामावादस्थित नेपाली दूतावासका अनुसार सो अवसरमा उहाँहरुबीच दक्षिण एसियाली मुलुकहरुबीच क्षेत्रीय सहयोग बढाउने र सार्कलाई अझ प्रभावकारी बनाउनेमा पनि विचार विमर्श भएको थियो।