सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख दिने

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन ३०, ०७:४२ रासस

सङ्खुवासभाः सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख दिने भएको छ।

मादी नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताए। यस्तै बैठकले घाइतेलाई उपचार खर्च जनही रु ५० हजारसमेत दिने उनले बताए।

गत बिहीबार बिहान मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। दुर्घटनामा चार जना घाइतेसमेत भएका थिए। मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरिएको छ। 

स्मारकमा घाइते र मृतकको नाम लेखिनेछ। मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो। 
 

कमेन्ट लोड गर्नुस