सुदूर नेपाललाई विश्वसँग जोड्दै

'गुरू'

२०७५ माघ १२, १०:२६ खबर संवाददाता

सेतो पाना जस्तै, खाली मस्तिष्क 
नदी किनारको, रित्तो बगर झै;
शिशिरका ;उरन्ठेउला डाँडा जस्तै 
बेहिसाब हुन्थ्यो होला 
चम्किलो मसि लिएर सिंगार्ने,
 तिमी नभइदिदा !!

तिमी कुम्हाले हौ,
निर्माता हौ ,दाता, विधाता ,सम्पुर्णता हौ!
वेदले ब्रह्मा, विष्णु, महेश्वर को संज्ञा दिएको छ
त्यसैले त ब्रह्ममाण्ड तिम्रै हातमा देख्छु ,
तिमी गुरू हौ।

तिमी इन्जिनियर हौ;
मानव इन्जिनियर 
जसले घरको नक्सा होइन ;
मान्छेको नक्सा कोर्छन ।
अज्ञानको चट्टान फोरेर मैदान बनाउँछन् ,
कान नसुन्नेलाई केलर बनाउछन ,
जिब्रो नभएकालाइ हकिङ्ग बनाउछन,
त्यसैले त तिमी गुरू 
हौ प्रणेता हौ ।

खेम रसिक
आदर्श गा पा डोटी 
हाल काठमाडौ

कमेन्ट लोड गर्नुस