सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी गाउँपालिका उपाध्यक्ष पुजा : एमालेबाट जितिन्, समाजवादी हुँदै माओवादी प्रवेश

२०७८ फाल्गुन ३०, ०४:०८ खबर संवाददाता

धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष माओवादी केन्द्रमा लागेकी छन्। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर एकीकृत समाजवादी छाडेर माओवादीमा लागेकी हुन्। 

उनलाइ धनगढीमा जारी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन्। समाजवादी छाडेकी उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मोहन्यालको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

त्यसपछि एमालेमा आएको विभाजनसँगै उनी माधव नेपाल नेतृत्वको एकीकृत समामजवादी पार्टीमा लागेकी थिइन्। तर, उनले समाजवादी पनि छोडेर आजैदेखि आफू माओवादीमा लागेको बताएकी छन्।  

मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएपछि उनले नै पालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पाएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस