सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पत्रकार ओझालाई युवा पत्रकारिता पुरस्कार

२०७८ फाल्गुन २९, ०३:१४ खबर संवाददाता

धनगढीः धनगढीका पत्रकार सीताराम ओझा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले आज आइतवार युवा पत्रकारिता पुरस्कारबाट ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो। 

ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेका हुन्।

ओझा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पनि हुन्। उनी दिनेशखबरका पूर्वसम्पादक पनि हुन्। 
 

कमेन्ट लोड गर्नुस