सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्र्याक्टरको ठक्करबाट एक महिला गम्भीर घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन २८, ०७:४२ खबर संवाददाता

धनगढी : बाजुरामा ट्र्याक्टरको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार शुक्रबार बेलुकी जिल्लाको बडीमालीका नगरपालिका-९ स्थित कारागारको तल्लो मोडमा राप्काबाट मार्तडी आउँदै गरेको सुपप्र ०१ ००२ त ४३२८ नम्बरको ट्र्याक्टरले महिलालाई ठक्कर दिएको हो।

ट्र्याक्टरको ठक्करबाट बडीमालीका -८ की अन्दाजी ४४ वर्षीया परु ऐरी गम्भीर घाइते भएकी प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको छ। दुर्घटनापश्चात फरार रहेका ट्र्याक्टर चालक प्रकाश विकलाई राति नै पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस