सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको सिक्री चोरेर भाग्ने दुईजना पक्राउ

२०७८ फाल्गुन २६, १२:४१ खबर संवाददाता

बर्दियाः  प्रहरीले सुनको सिक्री चोरी गरी भाग्दै गरेका दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका–२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

बढैयाताल गाउँपालिका–८ शितलाबजारमा सोही गाउँपालिका–८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

कमेन्ट लोड गर्नुस