सुदूर नेपाललाई विश्वसँग जोड्दै

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

२०७८ फाल्गुन २६, १०:१४ खबर संवाददाता

काठमाडौंः संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि भएको छ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो।

घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ। गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको छ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।
 

कमेन्ट लोड गर्नुस