कैलालीमा शिवरात्रिको दिनदेखि २ किशोरी बेपत्ता
धनगढीः कैलालीमा शिवरात्रिको दिनदेखि दुई किशोरी बेपत्ता भएकी छन्। जिल्लाको गोदावरी नगरपालिका-९ धनचौरीकी १४ वर्षीया उमा भट्टराई र १६ वर्षीया रम्भा भट्टराई बेपत्ता भएकी हुन्। उनीहरु दुवै दिदीबहिनी हुन्।
उनका बुवा प्रेम भट्टराईका अनुसार दुवैजना शिवरात्रिको दिन घरबाट करिब १० बजे निस्किएकोमा अहिलेसम्म फकिएका छैनन्। आफूहरु खोजीमा लागेको बताउँदै प्रहरीलाइ समेत खबर गराईएको उनले बताए।
यता, प्रहरीले पनि खोजविन भैरहेको जनाएको छ। यदी कसैले उनीहरुलाइ देखे वा भेटेमा ९८४४५८२६३२ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्।