सुदूरपश्चिममा थप ८ जनामा कोरोना पुष्टि
२०७८ फाल्गुन १८, ०५:५२
धनगढीः सुदूरपश्चिम थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ६५३ जनाको एन्टिजेन पीसीआर परीक्षण गर्दा आज ८ जनामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका अनुसार प्रदेशमा ७ सय ३१ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
कमेन्ट लोड गर्नुस