सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

। फोटो स्रोत ।
२०७५ माघ ८, ०६:३१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
परिषद्मा रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको ढकालमाथि आयोगले  आरोप लगाएको छ। सचिवालयमा कार्यरत रहँदा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ।  हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएकाले आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस