सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटन प्रिमियर लिग : तीन टोली सेमिफाइनलमा

२०७८ फाल्गुन १७, ०९:१२ रासस

बैतडी: बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ। आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन्।  

सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो बुधबार लाग्ने स्कोरर किरन चन्द जानकारी दिए। पाटन क्रिकेट क्लबको आयोजनामा श्रीकृष्ण माविको खेलमैदानमा यही फागुन १३ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको छ। पन्ध्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल फागुन २० गते हुनेछ।   

विजेताले ५५ हजार ५५५ र उपविजेताले २२ हजार २२२ नगखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार ३३३, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान एक हजार १११ प्रदान गरिने छ। 

कमेन्ट लोड गर्नुस