सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्र्याक्टर र मोटसाइकल ठोक्किँदा एक जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन १७, ०३:२५ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा ट्र्याक्टर र मोटसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। जिल्लाको बेलौरी नगरपालिका-८ कलकत्तामा बेलौरीबाट बेल्डाँडी जाँदै गरेको सुपप्र ०१००२ त ४३४१ नम्बरको  ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको बा १३ प ३९३८ नम्बरको मोटसाइकल ठोक्किएका प्रहरीले बताएको छ।

दुर्घटनामा बेलौरी-८ कै ३५ वर्षीय मोटरसाइकल चालक अशोक जोशी घाइते भएका हुन्। दुर्घटनापछि बेलौरीस्थित इशान मेमोरियल अस्पताल लगिएका उनलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सोही ठाउँका ३९ वर्षीय ट्र्याक्टर चालक रतिराम चौधरी फरार रहेका बताइएको छ। ट्र्याक्टर र मोटसाइकल इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको छ। 

कमेन्ट लोड गर्नुस