सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली काँग्रेस अधिवेशन : दोस्रो चरणको मतदान १९ गते हुने

२०७८ फाल्गुन १७, १२:०२ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान १९ गते हुने भएको छ। जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले आज विहान सभापतिका दुई उम्मेदवार र निर्वाचन समितिबीच छलफल भएको र १९ गतेका लागि दोस्रो चरणको मतदान तय भएको जानकारी दिए। मतदानस्थलबारे भने छलफल भइरहेको सुवेदीले दिनेशखबरलाई जानकारी दिए।

पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले एक हजार १६९ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए। 

पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि प्रतिस्पर्धा हुने भएको हो। दोस्रो चरणका मतदान हुने भएसंगै अब पहिलो चरणको मतगणनामा तेस्रो भएका इतर पक्षका रामबहादुर कलेलको भूमीका महत्वपूर्ण देखिएको छ। 

कमेन्ट लोड गर्नुस